मतदानका दिन बिदा दिन निजी क्षेत्रसँग आयोगको आग्रह


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

सबै मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन वैशाख ३० गते विदा दिन आग्रह गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार उक्त दिन विदा दिनका लागि निजी क्षेत्रसँगै विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई आग्रह गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।