स्थानीय तह निर्वाचनका दिन टिकट काटेका पर्यटक लुक्ला जान पाउने


बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने दिन टिकट काटिसकेका विदेशी पर्यटकहरु काठमाण्डौंबाट लुक्ला जान पाउने भएका छन् ।

काठमाडौंबाट लुक्ला जान टिकट काटेका विदेशी पर्यटकलाई उडान सेवा दिने निर्णय भए अनुसार त्यस्तो व्यवस्था गर्न लागिएको समिट एयरले जनाएको छ ।

टिकट जारी भएका पर्यटकहरुलाई काठमाण्डौंको विमानस्थल पुर्याउने व्यवस्था मिलाएर सहजीकरण गर्न एजेन्टहरुलाई एयरले अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।