नेकपा बहुमतका नेता छुटे


नेकपा बहुमत पार्टीका केन्द्रीय अध्यक्ष धर्मेन्द्र वास्तोलासहित ३ जनालाई प्रहरीले छोडेको छ । बुटवलमा भएको बम विस्फोटमा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि प्रहरीले उनीहरूलाई निगरानीमा राखेको थियो । प्रहरी सोधपुछपश्चात् लिखित कागज गरेर प्रहरीले उनलाई छाडेको हो । पोखराबाट नेपालगन्ज जाने क्रममा दाङको भालुबाङ्गवाट उनी पक्राउ परेका थिए । नेत्र विक्रम चन्दले निर्वाचन जाने निर्णय गरेपछि वास्तोलाले अलग पार्टी घोषणा गरेर निर्वाचन बहिस्कार अभियान रहेको सार्वजनिक भनाइ राखेको थियो । हिजो बुटवलमा बम बिस्फोट भएपछि सो स्थानमा बहुमत पार्टीको पर्चा भेटिएपछि प्रहरीले वास्तोलालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: २९ बैशाख २०७९, बिहिबार  १२ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।