नेकपा बहुमतका नेता छुटे


नेकपा बहुमत पार्टीका केन्द्रीय अध्यक्ष धर्मेन्द्र वास्तोलासहित ३ जनालाई प्रहरीले छोडेको छ । बुटवलमा भएको बम विस्फोटमा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि प्रहरीले उनीहरूलाई निगरानीमा राखेको थियो । प्रहरी सोधपुछपश्चात् लिखित कागज गरेर प्रहरीले उनलाई छाडेको हो । पोखराबाट नेपालगन्ज जाने क्रममा दाङको भालुबाङ्गवाट उनी पक्राउ परेका थिए । नेत्र विक्रम चन्दले निर्वाचन जाने निर्णय गरेपछि वास्तोलाले अलग पार्टी घोषणा गरेर निर्वाचन बहिस्कार अभियान रहेको सार्वजनिक भनाइ राखेको थियो । हिजो बुटवलमा बम बिस्फोट भएपछि सो स्थानमा बहुमत पार्टीको पर्चा भेटिएपछि प्रहरीले वास्तोलालाई नियन्त्रणमा लिएको थियो ।