निर्वाचनको सबै तयारी बिहीबार साँझ पूरा गर्दै आयोग


शुक्रबार हुने स्थानीय तहको निर्वाचनका तयारी धमाधम भईरहेको निर्वाचन आयोगले जनाएको छ ।

बैशाख २० गते शुक्रबार हुने निर्वाचनलाई मध्यनजर गरेर आयोगले आफ्नो सम्पूर्ण तयारी बिहीबार साँझसम्ममा सक्ने गरि तयारी तीब्र बनाएको हो ।

स्थानीय तहको चुनाव गराउन कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा पुगिसकेका छन् । देशभर मतदानका लागि बुथ निर्माणको काम आजै सकेर भोलि भयरहित वातावरणमा निर्वाचन गर्ने आयोगले जनाएको छ ।

आयोगले मतदान दिन जाँदा मतदान केन्द्रभित्र मोबाइल, कयामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाच्न चिन्ह भएको वा संकेत जानिने कुनै वस्तु लैजान नपाउने बताएको छ ।

त्यस्तै आयोगले मतदाता नामावलीमा समावेश भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, जग्गाधनी प्रमाणपत्रका आधारमा भोट हाल्न पाउने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।