
जलविद्युत कम्पनीहरुमा पनि मर्जरको सुरुवात भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको मर्जर सुरु भएको साढे एक दशपछि जलविद्युत कम्पनीहरुमा पनि मर्जरको सुरुवात भएको हो ।
विद्युत नियमन आयोगले पहिलो पटक रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई एक आपसमा आपसमा गाभिने सहमतिको लागि स्वीकृति दिएको हो ।
दुई कम्पनीहरुले एक आपसमा गाभिने सहमतिका लागि २०७८ पुस २६ गते निवेदन पेश गरेका थिए । सो सम्बन्धमा रडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीबीच सम्झौता भए अनुसारको कार्य गर्न एक आपसमा गाभिने सहमति दिइएको हो ।
आयोगको वैशाख १९ गते बसेको १५६ औं बैठकको निर्णयले यी दुई हाइड्रोपावरलाई एक आपसमा गाभिन सहमति दिएको आयोगका सुरेश श्रेष्ठले जानकारी दिए ।
रिडी र रैराङ हाइड्रोपावर कम्पनीबीच १००ः९१ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । मर्जपछि दुई हाइड्रोपावरको संयुक्त चुक्ता पूँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
आयोगको २०७९ बैशाख १९ गते सम्पन्न १५६ औं बैठकले रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडलाई विद्युत नियमन आयोग ऐन २०७४ को दफा १४ (छ) अनुसार शर्तहरु तोकेर सहित सहमति प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तो छ दुई कम्पनीको वित्तीय अवस्था
चालु आव २०७८।७९ को तेस्रो त्रैमाससम्म रैराङ हाइड्रोपावर कम्पनीको चुक्ता पूँजी ५६ करोड र जगेडा कोषमा ५ करोड ७८ लाख ९८ हजार रुपैयाँ सञ्चित रहेको छ । चैत्र मसान्तसम्म रैराङले ५ करोड ४९ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाउँदै कम्पनीले वार्षिक प्रतिसेयर आम्दानी १३.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.३४ रुपैयाँ रहेको छ ।
उता रिडी हाइड्रोपावर चालु आव २०७८।७९ को तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ र जगेडा कोषमा ४८ करोड ४१ लाख ३६ हजार रुपैयाँ सञ्चित रहेको छ । चैत्र मसान्तसम्म रिडीले ४८ करोड ३८ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाउँदै कम्पनीले वार्षिक प्रतिसेयर आम्दानी ११०.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८२.६८ रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया