एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटबाट गरे मतदान


नेकपा एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरको बोलकोटबाट स्थानीय तहका लागि मतदान गरेका छन् । बालकोटस्थित महेन्द्र विद्यालय मतदान केन्द्रमा पुगेर ओलीले मतदान गरेका हुन् ।

ओलीसँगै उनकी श्रीमती राधिका शाक्यले सोही मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

बिहानदेखि जारी मतदानमा दिउँसो १२ बजेसम्ममा ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । केही स्थानमा मतदान अवरुद्ध भएकोमा सुचारु गराउने प्रयास भइरहेको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।