शिखर इन्स्योरेन्सको लिलामी सेयरकाे बोलपत्र बिहीबार खुला गरिने

0
Shares

 

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को हकप्रदमा अवितरित लिलामी सेयरको बोलपत्र जेठ ५ गते बिहीबार बिहान १० बजेबाट खुला गरिने भएको छ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडका अनुसार क्यापिटलको कार्यालय लाजिम्पाटमा बिहान १० बजेबाट बोलपत्र खुला गरिने भएको हो ।

शिखरले वैशाख १९ गतेदेखि २७ गतेसम्म सर्वसाधारण समूह तर्फको ७७ हजार ७२० दशमलव ८८ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको थियो ।

इन्स्योरेन्स कम्पनीले २०७८ फागुन १ गतेबाट चैत २१ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री गरेको थियो । सोही हकप्रदमा अवितरित सेयर लिलामीमा ल्याइएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।