फेरि बढ्यो इन्धनको मूल्य: पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर एक हजार ८००

0
Shares

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।

निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार  ०७ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।