निरन्तर ओरालो लागेपछि लगानीकर्ता तनावमा, नेप्से २१३८ बिन्दुमा झर्‍यो

0
Shares

धितोपत्र बजारमा सयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिकाे समीक्षामा आवश्यकता अनुसार ब्याजदर हेरफेर हुने नीतिले पिरोलिएका लगानीकर्ताहरुलाई सरकारको नीति तथा कार्यक्रमले केही राहत दिने आशा जगाएपनि सो अनुसारको सम्बोधन बजेट मार्फत हुन नसकेपछि लगानीकर्तामा तनाव थपिएको छ ।

पूँजीबजारमा बजेटले गरेन अपेक्षित सम्बोधन

हालसम्म नेप्से २०७८ भदौ २ को अधिकतम बिन्दुबाट एक हजार बिन्दु तल झरिसकेको छ भने सेयर बजारमा लगानी गरेका अधिकांश लगानीकर्ताको पोर्टफोलियो उच्च घाटामा पुगेको अवस्था छ । लगानीकताृको मनोबैज्ञानिक बिन्दु २ हजार २०० भन्दा तल झरेर निरन्तर ओरालो लाग्दा बजार थप घट्ने हो कि भन्ने पीर सेयर लगानीकर्तामा थपिएको छ । हाल दोस्रो बजारमा सेयर खरीद गरेका अधिकांश लगानीकर्ताले नोक्सानी ब्यहोरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै सेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ । सोमबार ५० अंके घटेको बजार सूचक मंगलबार थप ३५/५३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.५३ अंकले ओरालो लागेर २१३७.९२ बिन्दुमा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ७.११ अङ्कले ओरालो लागेर ४१५.६३ मा सीमित भएको छ । उच्च बिन्दुबाट नेप्से एक हजार बिन्दुतल झर्दा सेयर बजारबाट लगानीकर्ताले १४ खर्ब २५ अर्ब रुपैयाँ बढीको सम्पत्ति गुमाइसकेका छन् । २०७८ भदौ २ गते सेयर बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा ४४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो । २०७९ जेठ १७ गते मंगलबार आइपुग्दा बजार पूँजीकरण ३० खर्ब ४३ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ ।

हजार अंकले बजार घट्दा लगानीकर्ताको १४ खर्ब सम्पत्ति गायब !

आज कूल २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोष उपसमूहगत सूचक बाहेक सबै ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०७ अंकले उकालो लागेको छ । उता बैंकिङ २९.०१, व्यापार ३३.१५, होटल तथा पर्यटन ३४.३३, विकास बैंक ५४.२६, जलविद्युत् ३०.८७, वित्त २४.११, निर्जीवन बीमा २३६.४२, उत्पादन ४०.०८, अन्य २६.६७, लघुवित्त ७४.७२, जीवन बीमा ७१.८४ र लगानी ०.८२ अंकले ओरालो लागेको छ ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको ५ करोड ३७ लाख ९८ हजार ८०० बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंक ३ करोड ९८ लाख ५२ हजार ८०३ रुपैयाँ, हिमालयन डिस्टिलरी ३ करोड ६८ लाख २२ हजार ८२० रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशन ३ करोड १३ लाख ३३ हजार ६९३ रुपैयाँ र नागरिक लगानी कोष ३ करोड २ लाख २६ हजार ४४८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार, आजको बजारबाट हालै मात्र धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशतले बढेको छ । यससँगै लघुवित्तको सेयरमूल्य रुपैयाँ बढेर रुपैयाँ पुगेको छ । यसैगरी एनएमबी ५० को ४.१०, सामलिङ पावर कम्पनी ४.०२, एनआइसी एशिया ग्रोथ फण्ड ३.७३, र लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले ३.३५ प्रतिशतका दरले नाफा कमाएका छन् ।

त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंक ९.९८, एनएलजी इन्स्योरेन्स कम्पनी ६.५०, कर्पोरेट डेभलपमेन्ट बैंक ५.७५, मलटीप्रपोज फाइनान्स कम्पनी ५.३८ र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.२८ प्रतिशतले गुमाएका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १७ जेष्ठ २०७९, मंगलबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।