सार्वजनिक विदामा पनि बैंक खोलेर राजश्व संकलन र क्लियरिङ्ग गर्न निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले असोज २४ गते शुक्रबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई सूचना जारी गर्दै सार्वजनिक विदामा पनि राजश्व संकलन गर्ने सम्पूर्ण बैंकको काउन्टर र बैंकको क्लियरिङ्ग गर्ने काउन्टर खुला राख्न निर्देशन दिएको छ।

यस्तै राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सरकारले आइतबार चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेपनि राष्ट्र बैंकको निर्देशन पश्चात सम्पूर्ण बैंकका राजश्व संकलन सम्बन्धि काउन्टहरु तथा क्लयरिङ सम्बन्धि काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला हुने भएको हो।

राजश्व संकलन सम्बन्धि काउन्टहरु बाहेका अन्य शाखाहरु भने बन्द नै हुनेछन्।

राष्ट्र बैंक हरेक आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्त, दोश्रो त्रैमास अर्थात पुस मसान्त, तेश्रो त्रैमास अर्थात चैत मसान्त र चौंथो त्रैमास अर्थात असार महिनाको अन्तिम हप्ता २५ गते वा सो भन्दापछि मसान्तसम्म शनिबार लगायत जुनसुकै सार्वजनिक विदामा पनि बैंक खुला राख्न निर्देशन दिने गरेको छ ।