गरिमा क्यापिटलले डिम्याट खाता र मेरो शेयर नबीकरण गर्नेलाई छुट दिने


गरिमा क्यापिटलले डिम्याट खाता र मेरो शेयर नबीकरण गर्ने लगानीकर्ताहरुलाई अवधिका आधारमा विभिन्न किसिमका छुट दिने अफर ल्याएको छ ।

क्यापिटलले आगामी असार मसान्तसम्ममा यस्तो सेवा नबीकरण गर्न आग्रह गर्दै १० वर्षे, ५ वर्षे तथा आजीवन नबीकरण गर्नेहरुलाई अलग अलग योजना मार्फत छुट प्रदान गर्न लागेको हो ।

दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजनामा ९९९ रुपैंया मात्र शुल्क लाग्ने क्यापिटलले जनाएको छ । यो योजनामा सेवा नबीकरण गर्न यहाँ क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसैगरि पाँच (५) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजनामा ४९९ रुपैंया लाग्नेछ भने सेवाका लागि यो लिंकमा जानु पर्ने हुन्छ ।

आजीवन डिम्याट र मेरोशेयर खाता नविकरण योजनाका लागि सेवाग्रहीले १ हजार ९९९ रुपैंया मात्र भुक्तान गर्नु पर्ने हुन्छ । यो योजनाबाट सेवा नबीकरण गर्न यो लिंकमा क्लिक गर्नुपर्ने हुन्छ ।

साथै नियमित १ वर्षे अवधिको नबीकरणका लागि यो लिंकमा जानुपर्ने क्यापिटलले जनाएको छ । यस्तो सेवा वापत वार्षिक १५० रुपैंया शुल्क लाग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।