अपि पावरको माथिल्लो नौगडगाड परियोजना सम्पन्न, विद्युत उत्पादन सुरु

0
Shares

आठ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माण सम्पन्न आयोजनाले मंगलबारबाट उत्पादन सुरु गरेको हो

नेपाल विद्यत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि उत्पादन सुरु भएको प्रवर्द्धक अपि पावर कम्पनीका कार्यकारी निर्देशक सन्जीव न्यौपानेले बताए । उनका अनुसार १५ दिनको परीक्षणपछि आयोजनाबाट व्यावसायीक उत्पादन सुरु हुनेछ । १५ दिनका परीक्षण चरणका विद्युत प्राधिकरणले निशुल्क पाउनेछ ।

उत्पादन भएको विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा लगेर जोडिएको छ । उत्पादन सुरु भएसँगै निजी क्षेत्रको ८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । आयोजनाबाट निर्धारित तालिकाभन्दा १६ महिना ढिलो गरी उत्पादन सुरु भएको हो ।

निर्माण सुरु गर्दा २०७५ वैशाखदेखि उत्पादन सुरु गर्ने तालिका थियो । आयोजना स्थल दुर्गम क्षेत्रमा रहेकाले तालिका प्रभावित भएको कम्पनीले जनाएको छ । माथिल्लो नौगाडको उत्पादन सुरु भएसँगै अपि पावरको साढे १६ मेगावाट विद्युत प्रणालीमा जोडिएको छ । कम्पनीले यसअघि सोही खोलामा साढे ८ मेगावाटको नौगाड आयोजना निर्माण गरेर विद्युत उत्पादन गर्दै आएको छ । उत्पादन भएको विद्युत जोड्न विद्युतगृहदेखि बलाँच सबस्टेसनसम्म ७ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा एसबिआई बैंक र प्रभु बैंकले ऋण लगानी गरेको छन् । १ अर्ब ४४ करोड रुपैँया कुल लागतको १ अर्ब रुपैयाँ बैंकको ऋण लगानी र ४४ करोड स्वपुँजी लगानी छ । माथिल्लो नौगाड सम्पन्न भइसकेकाले अब सबै निर्माण उपकरण ४० मेगावाटको माथिल्लो चमेलियामा काम सुरु गर्ने कम्पनीले जनाएको छ ।

एन्डीज हाइडो कम्पनी द्धारा निर्मित दुईवटा प्रान्सीस प्रकारका टर्वाइन यस आयोजनामा जडान गरिएको छ ।