नेपाल बैंकको साढे २ अर्बको ऋणपत्र नबिल इन्भेष्टले निष्काशन गर्ने


नेपाल बैंकले निष्काशन गर्न लागेको दुई अर्ब ५० करोड रुपैंयाको डिबेन्चरको बिक्री प्रबन्धकत्वको काम नबिल इन्भेष्टमेण्ट बैंकिङले गर्ने भएको छ ।

“१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” को १ हजार रुपैंया अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि नेपाल बैंक र नबिल इन्भेष्टका बिचमा सम्झौता भएको हो ।

५ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

उक्त सम्झौता पत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीने नबिल इन्भेष्टले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।