ओरालो यात्रामा रहेको नेप्से अघिल्लो बुलको रेकर्ड बिन्दु तल झर्‍यो

0
Shares

२०७८ भदौ २ गते अहिलेसम्मकै सर्वाधिक अंक ३१९८.२८ अंकमा चुमेर ओर्लिन थालेको नेप्से सूचक अघिल्लो बुलको रेकर्ड मुनी झरेको छ ।

उच्च अंक चुमेको १० महिनामा नेप्से १३१७ अंक तल झरेको हो । १० महिना नेप्से ४१ प्रतिशतले ओरालो लागेको हो । सोमबारको कारोबारमा यो खबर तयार पार्दा सम्म नेप्से ५२.७२ अंकले झरेर १८८१.३९ विन्दुमा झरेको हो।

२०६८ पछि बुल यात्रा तय गरेको बजारले २०७३ साउन १२ गते १८८१.४५ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यसपछि झरेको नेप्से सूचक उच्चतम बिन्दुबाट ११०२ अंकसम्म झरेको थियो ।

त्यसपछि बढ्न थालेको बजार २०७८ भदौ २ गते नयाँ रेकर्ड कायम सर्वाधिक अंक ३१९८.२८ अंकमा पुगेको थियो । उच्चतम विन्दुबाट झर्न थालेको नेप्से १० महिनाको अवधिमा अघिल्लो बुल नजिक आएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७९, सोमबार  १२ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।