गैरआवासीय नेपाली संघको नयाँ कार्य समितिका लागि मतदान सुरु हुँदै, ४२ पदमा ७६ को उम्मेदवारी

0
Shares

गैरआवासीय नेपाली सघंको नयाँ नेतृत्वका लागि केहि समयमा नै मतदान सुरु हुने भएको छ । संघको नयाँ नेतृत्वका लागि ४२ पदमा ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सघंका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । मंगलबार साँझदेखि बुधबार अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन ।

विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयुक्त रिजालले बताए । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । उनलका अनुसार सघंको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मंगलबारदेखि शुरु भएको सघंको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकि हुन । तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नेछन ।