ङादी ग्रुपले तोक्यो हकप्रदको बुकक्लोज


ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ ।

कम्पनीले असार २० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार असार १९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज कारोबार हुने सेयर मात्र हकप्रदका लागि योग्य हुने छ । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ छ ।

उक्त पूँजीको १५० प्रतिशतले हुने १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो उक्त सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७७ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।