इन्धनको भाउ घटेसँगै सरकारले घटायो लामो दूरीको सवारी साधनको भाडा

0
Shares

सरकारले आइतबारदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको हो ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो । शनिबारको मन्त्रिपरिषदको बैठकले डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटाएकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीसाधनको ५.४१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले भाडा घटाइएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा विभागले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा स्वःचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ । पछिल्लो समय कायम मूल्य पछिल्लो समय मूल्य समायोजन आधार लिइएको मूल्य भन्दा १५.१० प्रतिशत घटि भएको हो । सोही अनुसार घटेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ ।

यस अघि जेठ २७ गते भाडा बढाएको सरकारले दश दिनमा नै असार ६ गते सोमबार पुनः भाडा वृद्धि गरेको थियो । नेपाल आयल निगमका अनुसार पछिल्लो मूल्य सूची अनुसार पेट्रोलको भाउ लिटरको १७९ रुपैयाँ र डिजलको १६३ रुपैयाँ कायम भएको छ ।

कहाँ जान कति लाग्छ भाडा, विस्तृत विवरणका लागि तलको लिङ्कमा हेर्नुहोस्…

स्थानीय रुटमा सञ्चालन हुने सवारी साधानको भाडादर भने प्रदेश सरकारले निर्णय गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।