रिलायन्स स्पिनिङ्ग मिल्सले बुक विल्डिङ्गबाट मूल्य निर्धारण गर्न ‘रोड शो’ गर्दै

0
Shares

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक विल्डिङ्ग विधीबाट सेयरको मूल्य निर्धारण गर्नका लागि ‘रोड शो’ आयोजना गर्ने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले यहि असार असार २३ गते बिहीबार ह्यात प्लेस, सोल्टीमोड, काठमाण्डौंमा ‘रोड शो’ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

बुक विल्डिङ्ग विधि अन्तर्गत धितोपत्रको सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्राप्त संस्थाहरुलाई सहभागितका लागि आह्वान गरिएको छ ।

कम्पनीले बुक विल्डिन निर्देशिका, २०७७ को दफा (७) उपदफा (१) बमोजिम प्रारम्भिक विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई सोही निर्देशिकाको दफा (८) को व्यवस्था अनुरुप आशय मूल्य, योग्य संस्थागत लगानीकर्ताले खरीद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङकनको आधार सहित प्रारम्भिक विवरणपत्रमा सुझावका लागि छलफल कार्यक्रम सञ्चालन गरिएको क्यापिटलले जनाएको छ ।

उक्त रोड शो मा योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्राप्त संस्थाहरुलाई सहभागी हुन आग्रह गरेको छ । हालसम्म धितोपत्र बोर्डबाट ९८ वटा संस्थाहरुले योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गन स्वीकृति पाएका छन ।

स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्र्ने प्रक्रिया अघि बढाएको छ । जसको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सको मुख्य लगानीकर्तामा पवन गोल्यान तथा शशिकान्त अग्रवाल लगायत रहेका छन ।

वि.सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै सञ्चालनमा आएको नेपालको सबैभन्दा ठुलो यस स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकि ६० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

४,३०० भन्दा धेरैे जनालाई रोजगार दिन सफल रहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ । उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।

 उद्योगबाट उत्पादित वस्तुहरु विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको छ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।