मुक्तिनाथको नयाँ शाखा चितवनको हाकिमचोकमा


मुक्तिनाथ विकास बैंकले चितवनको, हाकिमचोक शाखा औपचारीक रुपमा सञ्चालन ल्याएको छ । सो शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन ।

शाखाकार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्न प्रेरेरीत गरेको बताइन ।

बैंकले देशैभरी ११४ वटा शाखा, २२ वटा एटिएम मार्फत ६ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिंङ्ग लगायतका आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।