युक्रेनी शरणार्थीले रोजगारी खोज्न लागेपछि जर्मनीमा बेरोजगारी दर बढ्दै

0
Shares

युक्रेनबाट जर्मनी पुगेका शरणार्थीहरुले रोजगारीको लागि श्रम विभागमा दर्ता गर्न लागेपछि जर्मनीमा बेरोजगारहरुको सङ्ख्या बढेको छ ।

जर्मनको संघीय श्रम विभागले रोजगारी नभएका मानिसहरुको सङ्ख्यामा १ लाख ३३ हजारले वृद्धि भएको जनाएको छ । यससँगै बेरोजगारी दर बढेर ५.३ प्रतिशत भएको हो ।

यसै सम्बन्धमा श्रम विभागका प्रमुख डेटलेफ स्चीलिले श्रम बजार सन्तुलित रहेको बताएका छन् । उनी भन्छन्, “बेरोजगारी दर बढ्नुको कारण  युक्रेनबाट आएका शरणार्थीहरुको सङ्ख्या वृद्धि हो । उनीहरुले रोजगारीको लागि श्रम विभागमा दर्ता गर्न लागेपछि तथ्यांकगत रुपमा बेरोजगारी दर बढेको हो ।”

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनबाट करिब ८ लाख मानिसहरु जर्मन रवाना भएको जर्मनका चान्सलर ओल्फ स्कोल्जले गत महिना जानकारी गराएका थिए । हाल उक्त सङ्खया वृद्धि भएको अनुमान गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।