जीवन बीमा कम्पनीहरुले जेठमा उठाए ९ अर्ब बीमाशुल्क, बैशाखको तुलनामा सवा एक अर्ब बढी

0
Shares

चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले २०७९ जेठ महिनामा मात्रै ९ अर्ब ७ करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

जेठ मसान्तसम्ममा १९ कम्पनीहरूले कुल १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आवको एघार महिनाको तुलनामा बीमा शुल्क संकलन १६.७५ प्रतिशतले बढेको हो । कुल बीमा शुल्कमा जेठमा संकलित हिस्सा ७.६० प्रतिशत रहेको छ ।

बैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले ७ अर्ब ८६ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । बैशाखको तुलनामा जेठमा १ अर्ब २१ करोड ४० लाख रुपैयाँ धेरै बीमाशुल्क संकलन गरेका हुन् । यद्यपि ६ कम्पनीको जेठमा संकलित बीमाशुल्क बैशाखको भन्दा कम छ ।

जेठमा संकलित बीमाशुल्क मध्ये नेपाल लाइफले सर्वाधिक २ अर्ब ३२ करोड ९ लाख रुपैयाँ संकलन गरेको छ । यो बैशाखको संकलित बीमा शुल्क भन्दा ३३ करोड ६५ लाख रुपैयाँ बढी हो ।

यसैगरी दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) ले जेठ महिनामा १ अर्ब २६ करोड ५४ लाख रुपैयाँ र नेशनल लाइफले १ अर्ब ८ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । बैशाखको तुलनामा एलआइसीले १९ करोड ६२ लाख र नेशनल लाइफले २२ करोड ५८ लाख रुपैयाँ धेरै बीमाशुल्क संकलन गरेका छन् ।

 

Life Insurance Premium Collection (in crore)
S.N. Name Jestha 2079  Baisak 2079  Change
1 Nepal Life Insurance 232.0995 198.4429 33.6566
2 Life Insurance Co. 126.5465 106.9172 19.6293
3 National Life Insurance 108.8438 86.2562 22.5876
4 Asian Life Insurance 44.0028 40.0582 3.9446
5 Met Life Insurance 40.838 34.0232 6.8148
6 Union Life Insurance 40.4957 37.1065 3.3892
7 Citizen Life Insurance 35.0632 35.7874 -0.7242
8 Jyoti Life Insurance 33.2315 25.6021 7.6294
9 Surya Life Insurance 32.446 29.2038 3.2422
10 Prime Life Insurance 30.3276 25.4667 4.8609
11 IME Life Insurance 28.6719 17.8842 10.7877
12 Sun Nepal Life Insurance 26.8611 22.6099 4.2512
13 Rastriya Beema Sansthan 25.3805 25.7187 -0.3382
14 Reliable Nepal Life Insurance 22.412 22.4318 -0.0198
15 Gurans Life Insurance 19.4078 20.5381 -1.1303
16 Reliance Life Insurance 19.0734 22.5339 -3.4605
17 Mahalaxmi Life Insurance 16.8771 10.3926 6.4845
18 Sanima Life Insurance 15.3317 15.2456 0.0861
19 Prabhu Life Insurance 9.6923 9.9785 -0.2862
Total 907.6024 786.2 121.4024

 

तथ्याङ्क अनुसार एशियन लाइफले ४४ करोड २८ हजार रूपैयाँ बीमाशुलक संकलन गर्दा मेट लाइफले ४० करोड ८३ लाख, युनियन लाइफले ४० करोड ४९ लाख, सिटिजन्स लाइफ ३५ करोड ६ लाख, ज्योति लाइफ ३३ करोड २३ लाख, सूर्या लाइफ ३२ करोड ४४ लाख र प्राइम लाइफ इन्स्योरेन्सले जेठ महिनामा ३० करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

बाँकी ९ कम्पनीको जेठमा संकलन भएको बीमा शुल्क संकलन ३० करोडभन्दा कम छ । जेठ महिनामा आईएमई लाइफ इन्स्योरेन्स २८ करोड ६७ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले २६ करोड ८६ लाख, राष्ट्रिय बीमा संस्थानले २५ कोड ३८ लाख र रिलायबल नेपाल लाइफ २२ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

यसैगरी गुराँस लाइफ इन्स्योरेन्सले १९ करोड ४० लाख, रिलायन्स लाइफ १९ करोड ७ लाख, महालक्ष्मी लाइफ इन्स्योरेन्स १६ करोड ८७ लाख, सानिमा लाइफ इन्स्योरेन्सले १५ करोड ३३ लाख, र प्रभु लाइफले जेठ महिनामा सबैभन्दा कम ९ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।