भारतको महिन्द्रा एन्ड महिन्द्रामा ब्रिटिश कम्पनीले ३१ अर्ब लगानी गर्ने

0
Shares

भारतीय अटोमेकर कम्पनी महिन्द्रा एन्ड महिन्द्रामा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीइइ) कम्पनीले २५० मिलियन डलर अर्थात् नेरु. ३१ अर्ब बढी लगानी गर्ने भएको छ ।

महिन्द्रा एन्ड महिन्द्राले विद्युतीय सवारी साधनको उत्पादन वृद्धि गर्नका लागि नयाँ विद्युतीय सवारी कम्पनी निर्माण गरेको छ । बीइइले कम्पनीको भ्यालुयसन ९.१ बिलियन गरी उक्त लगानी गरेको हो । नयाँ कम्पनीमा बीइइको हिस्सा ४.८ प्रतिशत हुने छ भने कम्पनी सञ्चालन महिन्द्रा एन्ड महिन्द्राकै नेतृत्वमा हुनेछ ।

बीइइले लगानी गरेको खुलासा भएसँगै महिन्द्रको सेयर ५.४ प्रतिशतले वृद्धि हुँदा अहिले सम्मकै उच्च १ हजार १ सय ९४ दशमलब ९ पैसा प्रति कित्ता हुन पुगेको छ।

महिन्द्राले बीइइबाट प्राप्त रकमले विद्युतीय एसयुभीको उत्पादन बढाउने र उत्पादन बढाउनको लागि आपूर्ति व्यवस्थापन गर्ने जनाएको छ ।

महिन्द्रा अटो एन्ड फार्म सेक्टरका कार्यकारी निर्देशक राजेश जेजुरिकरले उक्त सहयोगबाट सन् २०२७को अवधिमा विद्युतीय एसयुभी कारहरुको संङ्ख्या २० देखि ३० प्रतिशतले वृद्धि हुने बताएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।