डलर शक्तिशाली भएसँगै एसियाली कम्पनीलाई ऋण भुक्तानी गर्न मुश्किल

0
Shares

चार दशक यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्नको लागि अमेरिकी केन्द्रीय बैंकले औसत ब्याज दर बढाउँदा डलर दुई दशक यताकै उच्च भएको छ । शक्तिशाली डलर र ब्याजदरमा आएको वृद्धिले डलरमा ऋण लिएका एसियाली कम्पनीहरुलाई भुक्तानी गर्न मुश्किल परेको अनुमान गरिएको छ ।

समाचार माध्यम रोयटर्सले १७०० एसियाली कम्पनीहरुमा गरेको सर्वेक्षणमा ऋणको ब्याज भुक्तानी गर्न सक्षम कम्पनीहरुको सङ्ख्या ५.१ प्रतिशत रहेको छ । यो तथ्यांक कोभिड–१९ ले उद्योग, कारखाना बन्द हुँदा समेत आएको थिएन । चीन, दक्षिण कोरिया, इन्डोनेसिया, भियतनामका कम्पनीहरुले नै ऋणको ब्याज भुक्तानी गर्न नसक्ने अवस्था आएपछि उक्त प्रक्षेपण गरिएको हो ।

गत वर्ष एसियाली कम्पनीहरुले समग्र रुपमा ३ खर्ब ३८ अर्ब डलर तथा युरो बराबरको ऋण लिएका थिए । सन् २०२१ मा शून्य प्रतिशत ब्याजदर हुँदा लिएको ऋण सन् २०२२को अन्तय सम्ममा औसत ब्याजदर बढ्दा ६७ खर्ब डलर हुन पुग्छ। एसियाली कम्पनीहरुले पर्याप्त मात्रामा उत्पादन तथा निर्यात गर्न नसक्नु र डलर थप शक्तिशाली हुँदै जानुले कम्पनीहरुलाई ऋण भुक्तानी गर्न थप समस्या परेको छ ।

रुस–युक्रेन युद्धका कारण इन्धन तथा कच्चा पदार्थको मूल्य आकाशिँदा उपभोक्ताहरुमा मारमा पर्ने हुँदा कम्पनीहरुले कम मार्जिन राखी बिक्री गरिरहेका छन् । यसै सम्बन्धमा एस एन्ड पीका ग्लोबल विश्लेषक जेबिएर जीनले विगत पाँच वर्षदेखि ब्याजदर कम हुँदा मुद्रा शक्तिशाली भएको थिएन र डलर बाहेकका मुद्राहरु अवमूल्यन भएका थिएनन् । ब्याजदर बढेसँगै डलर शक्तिशाली भएपछि अरु मुद्रा अवमूल्यन हुन पुगेको र आर्थिक अवस्था कमजोर रहेको बताएका छन् ।

मुद्रास्फीतिसँग जुझिरहेका एसियाली राष्ट्रहरु मध्ये इन्डोनेसियाका कम्पनीहरुले सन् २०२२मा वैदेशिक मुद्रामा ऋण भुक्तानी गर्न सक्ने प्रतिशत नकरात्मक रहेको छ । सन् २०२१मा वैदेशिक मुद्रामा लिएको ऋण भुक्तानी गर्न २५.१३ प्रतिशत इन्डोनेसियाली कम्पनीहरु सक्षम थिए भने अहिलेको वर्तमान अवस्थामा उक्त तथ्यांक –४.१० प्रतिशत रहेको जीनले बताएका छन् ।

यसैगरी सन् २०२१मा ५.१० प्रतिशत चिनियाँ कम्पनीहरुले वैदेशिक ऋण भुक्तानी गर्न सक्थे भने सन् २०२२मा ३.०२ प्रतिशत कम्पनीले भुक्तानी गर्न सक्षम रहेका छन् । ब्याजदरमा वृद्धि भएपछि डलरमा कर्जा लिने कम्पनीहरुको सङ्ख्यामा पनि कमी आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार  १४ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।