सबै सूचकांकमा अग्रणी हुने लक्ष्यका साथ एकीकृत कारोबार सुरु गरेका छौं,” सीईओ ढुङ्गाना

0
Shares

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले वाणिज्य बैंकहरुमध्ये सबै सुचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ नेपाल बंगलादेश बैंक र नबिल बैंकबीच एकीकृत कारोबार सुरु गरेको बताएका छन् ।

दुई बैंकबीच मर्जर तथा प्राप्ति सम्पन्न भई एकीकृत कारोबार शुभारम्भ कार्यक्रमलाई सम्बेधन गर्दै उनले समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दे बैक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिवृद्धि गर्न कदम चालेको बताए ।

उनले भने, “हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरुको हित संरक्षण गर्नेस देशव्यापी शाखाहरुको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने, पूँजीगत आधार सुदृढ गरीे सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भुमिका खेल्ने नीती लिनेछौं ।”

नबिल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दै दुई बैंक एक भएको उनले बताए । नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको उनको भनाई छ ।

बैंकका कार्यकारी ढुंगानाले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्व टेवा पुर्याउने बताए । बैंक ठूलो भए सँगै बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिवृृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिइएको बताए ।

सीईओ ढुङ्गानाले विभिन्न नियमनकारी निकायहरुको सहयोग, निर्देशन, मार्गनिर्देशन, तथा सञ्चालक समिति तथा मर्जर प्राप्ती कार्यमा लाग्नुहुने सम्पूर्ण साथीहरुको ठूलो योगदानका कारण मर्जर सफल भएको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार  १८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।