नेपाली मौलिक गरगहना लगाएर आवत-जावत गर्दा भन्सारमा अवरोध नगर्न आग्रह

0
Shares

नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यकरुपमा कडाई हुने गरेको भन्दै सुनचाँदी ब्यवसायीहरुले त्यसमा सहजिकरणगर्न भन्सार विभगसँग आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई सँग भेटगरी यस्तो आग्रह गरेको हो ।

महानिर्देशक भट्टराईसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीको सामान ल्याएमा त्यसको भन्सार लिने गरिएको प्रति असन्तुष्टि जनाउँदै विमानस्थल भन्सारवाट आवत-जावत गर्दा भन्सारमा अवरोधन गर्न नहुने धारणा राखे ।

विद्यमान ब्यवस्था अनुसार विदेशवाट नेपाल आउँदा प्रत्येक ब्यक्तिले ५० ग्रामसम्म सुन भन्सार छुटमा ल्याउने पाउने ब्यवस्था छ । तर गरगहनाको हकमा यस्तो सिमा निर्धारण गरिएको छैन । नेपालवाट वाहिर जाँदा गरगहना लगाएर जान पाइने तर वाहिरवाट नेपाल आउँदा ५० ग्राम भन्दा बढी गरगहना लगाएको पाइले त्यसको समते भन्दार लिने गरेको पाइएपछि ब्यवसायीहरुले त्यसको विरोध गरेका हुन् ।

भन्सार विभागका महानिर्देशक भट्टराईले ब्यवसायीका समस्याको अध्ययनगरी त्यसलाई सम्वोधनगर्न पहल गर्ने बताए । यद्यपी यसक्रममा कतिपय ब्यक्तिले गरगहनाको वाहाना वनाएर सुन नै ल्याउन खोजेको भेटिएपछि यसका कडाई गर्नु परेको उनकोे भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।