बैंकिङ्ग कर्जाको दुरुपयोग रोक्न राष्ट्र बैंकलाई निर्देशन

0
Shares

महालेखा परीक्षकको कार्यालयले नेपाल राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने कर्जाको दुरुपयोग रोक्न निर्देशन दिएको छ ।

महालेखापरीक्षको ५९ औं वार्षिक प्रतिवेदन अनुसार बैंक वित्तीय संस्थाबाट विभिन्न कर्जा लिने व्यवसायीले वित्तीय संस्थाबाट लिएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरी सञ्चालक तथा सम्बद्ध पक्षलाई सापटी दिने लगायतका कार्यमा प्रयोग गरेको पाइएको जनाएको छ ।

बैंकिङ्ग कर्जाको प्रयोग बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अनुसार कसैले पनि बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरूपयोग गर्न वा गराउन नहुने व्यवस्था रहेको भन्दै कर्जा दुरुपयोग रोक्न राष्ट्र बैंकको ध्यानकर्षण गराएको छ ।

इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने विभिन्न उद्योग, व्यवसायीहरूले जुन प्रयोजनका लागि कर्जा लिएको हो सोही प्रयोजनमा उपयोग गर्नुपर्दछ । तर, व्यवसायीहरूले तोकिएको प्रयोजनमा प्रयोग नभएको भनी आफैले पेस गरेको आय विवरणमा खर्च कट्टी अमान्य गरेको वा कर परीक्षणबाट अमान्य गरेको पुष्टि भएको महालेखाले जनाएको छ ।

तसर्थ राष्ट्र बैंकले गर्ने सुपरिवेक्षणलाई सबल र प्रभावकारी बनाई वित्तीय क्षेत्रबाट प्रवाह भएको कर्जा तोकिएको प्रयोजनमा उपयोग भएको सुनिश्चित गर्न निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असार २०७९, बुधबार  १८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।