शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद बिक्री गर्ने

0
Shares

शिखर इन्स्योरेन्सले पूँजी वृद्धि गर्न चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । जसका लागि इन्स्योरेन्सले निष्काशन नेपाल धितोपत्र बोर्डमा हकप्रद बिक्रीको अनुमति माग्दै निवेदन दिएको छ ।

इन्स्योरेन्सले प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो।

इन्स्योरेन्सको गत साउन २८ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। हकप्रद शेयर बिक्री गर्ने जिम्मेवारी एनआईबिएल क्यापिटललाई दिइएको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ। हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

गत असार मसान्त सम्ममा कम्पनीले ४७ करोड २९ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ७३ पैसा रहेको शिखरको प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १७ पैसा छ ।