अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पूर्व मन्त्री सहित १५५ जन निर्वाचित प्रतिनिधि विरुद्ध भ्रष्ट्राचारको अरोपमा मुद्दा दायर गरेको छ ।गत आर्थिक वर्ष २०७८/७९ मा आयोगले जनप्रतिधि सहित ३११ जना सरकारी कर्मचारी विरुद्ध करिब ३ अर्बको बिगो दाबी गरेको हो ।
गत आर्थिक वर्षमा आयोगले विषेश अदालमा कुल १३१ वटा भ्रष्ट्राचारका मुद्दा दायर गरेको छ । त्यसमा अयोगले प्रतिवादी बनाएको संख्या कुल ६३९ रहेको छ । उक्त प्रतिवादीहरमा एक पुर्व मन्त्री सहित १५५ जना निर्वाचित तथा मनोनित जनप्रतिनिधि रहेका छन् भने ३ उच्च जिम्मेवारीका सरकारी कर्मचारी रहेको जनाएको छ ।
त्यसैगरी ३०८ जना मध्यम र निम्न दर्जाका सरकारी कर्मचारी रहेको आयोगले जनाएको छ । प्रतिवादिहरुबाट आयोगले दुई अर्ब अठहत्तर करोड चालिस लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । गत आर्थिक वर्षमा आयोगले २५ वटा रंगेहात कारबाही गरेको छ । सो कारबाहीमा परेका ३८ व्यक्तिमध्ये २६ जना सरकारी कर्मचारी रहेका छन् भने ६ जना बिचौलिया/मतियार र ६ जना निर्वाचित/मनोनित पदाधिकारी रहेको आयोगले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा आयोगले दायर गरेका १४८ फैसला भएका छन । त्यसमध्ये पनि मध्ये ५८ वटा मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको आयोगले जनाएको छ । अघिल्लो आवमा अदालतबाट प्राप्त फैसला भएका मुद्दाको संख्या ११३ रहेको र भ्रष्टाचारजन्य कसुर कायम भएको मुद्दाको संख्या ८१ रहेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा आयोगमा बिभिन्न माध्यमबाट प्राप्त १६ हजार एक ४८ तथा अघिल्लो आर्थिक वर्ष २०७७÷७८ वाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ गरी कुल २४ हजार २ सय ४१ उजुरीहरु परेका थिए । ती उजुरी मध्ये आयोगले गत आवमा १७ हजार ९८ वटा फछ्यौट गरेको जनाएको छ । गत आवमा आयोगमा समाचारपत्रबाट २९०, लिखित निवेदन मार्फत ४४९५, इमेल मार्फत २७५७, फेसबुकबाट ९३, भाइबरबाट १५, आयोगको वेबसाइटबाट २१६५, एसएमएस मार्फत ४, टेलिफोनबाट ७५०, मोवाइल एपबाट १०२, हुलाक सेवा २७६० र अन्य स्रोतबाट २७१७ उजुरी परेको आयोगले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ६० वटा मुद्दामा आयोगले पुनरावेदन गरेको छ । त्यसैगरी आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ संशोधन भई कार्यान्वयनमा ल्याएको छ भने कानुनहरुको एकिकृत संगालो “भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा भएका संवैधानिक तथा कानुनी व्यवस्था प्रकाशन गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया