विभिन्न चार कम्पनीले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग १ करोड १२ लाख २३० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति माग गरेका छन् ।
बोर्डका अनुसार सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड ट्रेड टावर लिमिटेड, अपर स्याङ्गे हाइड्रोपावर गरी सो संख्यामा सेयर बिक्रीको अनुमति मागेका हुन् ।
बोर्डका अनुसार सानिमा मिडल तमोरले सबैभन्दा धेरै ८३ लाख ३१ हजार २५० कित्ता, ट्रेड टावर लिमिटेडले ११ लाख ५८ हजार ९८० कित्ता, रावा इनर्जी डेभलपमेन्टले ८ लाख ४० हजार कित्ता र अपर स्याङ्गे हाइड्रोपावरले ८ लाख ७० हजार कित्ता आईपीओ बिक्रीको अनुमति मागेको हो ।
सर्वोत्तम र रिलायन्सले मागे प्रिमियम मूल्यमा आईपीओ निष्काशन अनुमति
बोर्डका अनुसार सानिमा मिडल तमोरले असार २४ गते, रावा इनर्जीले असार १३ गते, ट्रेड टावरले असार १४ गते र अपर स्याङ्गे हाइड्रोपावरले असार ३१ गते अनुमति मागेका हुन् । सबै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न अनुमति मागेका छन् ।
सानिमा मिडल तमोर हाइड्रोपावरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड, रावा इनर्जी डेभलपमेन्टको प्रभु क्यापिटल लिमिटेड, ट्रेड टावरको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र अपर स्याङ्गे हाइड्रोपावरको धितोपत्रको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया