गत आर्थिक वर्षमा कुल आन्तरिक ऋण २२.९ प्रतिशतले बढ्यो

0
Shares

गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारको कुल आन्तरिक ऋण २२.९ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा ८ खर्ब ३२ करोड रुपैयाँ यस्तो ऋण प्रवाह भएकोमा २०७९ असार मसान्तसम्ममा वृद्धि भई ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ पुगेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारले २ खर्ब ३१ अर्ब ३० करोड कुल आन्तरिक ऋण परिचालन गरेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४.८ प्रतिशत हुन आउँछ । साँवातर्फ ४७ अर्ब ३३ करोड भुक्तानी भएको छ । यसर्थ, आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ८३ अर्ब ९७ करोड खुद आन्तरिक ऋण परिचालन भएको छ ।

महालेखा नियन्त्रक कार्यालयबाट २०७९ साउन १ मा प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारको कुल १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये चालु खर्च ९ खर्ब ६१ अर्ब ४७ करोड, पुँजीगत खर्च २ खर्ब १६ अर्ब ३७ करोड र वित्तीय व्यवस्थातर्फको खर्च १ खर्ब १८ अर्ब ४० करोड रहेको छ । आर्थिक वर्ष २०७८÷७९ मा राजस्व संकलन १० खर्ब ६७ अर्ब ९६ करोड रुपैयाँ भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।