एसइई नतिजा टेलिकमको एसएमएस, आइभीआर तथा वेबसाइटबाट सजिलै हेर्न सकिने

0
Shares

नेपाल टेलिकमले २०७८ सालको एसइई परीक्षाको नतिजा सजिलै हेर्न सकिने व्यवस्था गरेको छ ।

एसइई परीक्षाको परीक्षाफल कल गरेर (आइभीआर), एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

एसएमएस मार्फत नतिजा थाहा पाउन मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसइई लेखेर एक स्थान छाडी अल्फाबेट सहितको सिम्बल नम्बर टाइप गरी १६००मा पठाएपछि आवश्यक जानकारी पाउन सकिने छ ।

कल गरेर नतिजा थाहा पाउन नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

यसैगरी मार्कसीट सहितको नतिजा नेपाल टेलिकमको वेबसाइट एसइई डट एन्टीसी डट नेट डट एन्पी  –https://see.ntc.net.np/ बाट प्राप्त गर्न सकिने छ।

नेपाल टेलिकमले उपलब्ध गराएको नतिजा जानकारीको लागि हो भने आधिकारीक विवरण सम्बन्धीत परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन ११ गते वा डिलो भए यहि साता भित्रमा एसइई नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।