लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने

0
Shares

लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोष निष्काशन गर्न लागेको हो। लक्ष्मी बैंक कोष प्रवद्र्धक र लक्ष्मी क्यापिटल मार्केट यसको योजना व्यवस्थापक रहेका छन ।

क्यापिटलले प्रति इकाइ १० रुपैयाँ दरका ५ करोड इकाइ निष्कासन गर्न लागेको हो। यसको १५ प्रतिशत अर्थात ७५ लाख इकाइ लक्ष्मी बैंकले लिने छ। बाँकी ४ करोड २५ लाख इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गर्न लागेको क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ।

शुभ लक्ष्मी कोषको इकाईका लागि साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति भदौ २ गतेसम्म लम्बिनेछ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।