नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्मको व्यवस्था गर्ने भएको छ ।
साना कम्पनीको सेयर कारोबारमा हुने गरेको करर्नरीङ नियन्त्रण गर्नका लागि यस्तो व्यवस्था गर्न लागेको बोर्डले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेस कुमार हमालले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो जानकारी दिएका हुन।
बोर्डले अन्य कम्पनीको कारोबारका लागि मेनबोर्डको व्यवस्था गर्ने जनाएको छ । धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनी स्थापना गर्न र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमति दिने भएको छ ।
त्यस्तै गैर आवासीय नेपालीलाई प्रवेश गराउन आवश्यक कार्यविधि तर्जुमा गर्ने योजना पनि नीति तथा कार्यक्रममा रहेको छ । धितोपत्र व्यवसायीको क्षेत्र, दायरा तथा कार्यहरू विस्तार गर्ने योजना पनि अघि सारेको छ ।
प्राइभेट इक्वीटी फण्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरु संचालन गर्न अनुमति प्रदान गर्ने भएको छ । नवप्रवर्तनका लागि पूँजी तथा व्यवसायिक ज्ञान परिचालन प्राइभेट गर्ने इक्विटी तथा भेन्चर क्यापिटल क्षतिपूर्ति कोषको व्यवस्था गरेर त्यसको जोखिममा आधारित सुपरीवेक्षणमा ‘म्यानुअल’ लागू गर्ने नीति पनि बोर्डले लिएको छ ।
धितोपत्रको सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउर्न बुक विल्डिङ्ग प्रणालीलाई प्रभावकारी बनाउने बताएको छ । बोर्डले बुक बिल्डिङका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम बनाउने उल्लेख छ । बुक बिल्डिङ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने बोर्डले जनाएको छ ।
धितोपत्र बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहत गर्ने नीति रहेको छ । बोर्डले ५ अर्ब भन्दा बढिको कारोबार गर्ने कम्पनीलाई आइपीओ अनिवार्य हुने कानून बनाउने योजना रहेको हमालले बताए ।
यसैगरी बोर्डले व्यवसायिक कृषि कम्पनीलाई धितोपत्र बजारमा भित्र्नयाउन नयाँ स्टक डिलर कम्पनी संचालन ल्याउने बताएको छ । यस्तै सरकारी र संस्थागत ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाउने भएको छ ।
बोर्डले सेयर लगानीकर्तालाई क्षतिबाट बचाउनको लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने योजना अघि सारेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया