सिटिजन्स बैंक र तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुट सम्झौता

0
Shares

सिटिजन्स बैंक (CZBIL) का कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित श्री तिनाउ इन्टरनेशनल हस्पिटलमा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले तिनाउ हस्पिटलका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउने छन । यसका साथै हस्पिटलबाट फिजियकोथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।