माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स ‘सिजन ६’ को मुख्य प्रायोजक

0
Shares

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्स ‘सिजन ६’ को आयोजना हुने भएको छ। काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीवीच कर्पोरेट सुपर सिक्स ‘सिजन ६’ को मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरे। सम्झौता पश्चात यो वर्षको कर्पोरेट सुपर सिक्स टुर्नामेन्टको नाम माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्स ‘सिजन ६’ टुर्नामेन्ट रहनेछ।

पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्स ‘सिजन ६’ को आयोजना हुने भएको छ। बैंक लि। का प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए।

माछापुछ्रे बैंक लि। पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७१ स्थानमा रहेका सेवा सञ्जाल तथा १६३ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुमा अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ।