नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहा चितवनमा सम्पन्न गरेको छ ।

‘ए बाउन्स ब्याक ईयर’ ७९/८० नाराका साथ सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

संचालक बिमल प्रसाद ढकालले सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए ।

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरुलाई गत आ.ब. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरे ।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समिक्षा गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए ।

हाल कार्यरत जोन प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिबृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।