नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

0
Shares

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको एक मन्त्रीले बताए ।

आर्थिक हिनामीना, कर्मचारी माथी दुरब्यबहार लगायतका ५२ वटा आरोपबारे छानबिन गर्न मन्त्री परिषदले पर्यटन सचिब महेश्वर न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिको सिफारिसमा अधिकारीलाई बर्खास्त गरिएको हो ।

अधिकारीकाले छानबिन समितिका अध्यक्ष न्यौपानेलेलाई आर्थिक प्रलोभन दिनुका साथै पूर्व प्रधानमन्त्री झलनाथ खनाल मार्फत छानबिन प्रतिबेदन रोक्न बारम्बार दवाब समेत दिँदै आएका थिए ।

पर्यटन सचिब न्यौपानेको समितिले तयार पारेको प्रतिबेदनमा ५० अर्ब ऋणमा डुबेको निगमलाई नेतृत्व गर्न अधिकारी चुकेको र अधिकारी स्वय पनि आर्थिक र नैतिक रुपमा समेत बारम्बार चुकेको उल्लेख गरिएको छ । सार्वजनिक पद धारण गरेको पदाधिकारीमा हुनुपर्ने ब्यबसायिक चरित्र र पद अनुकुल आचरण नरहेको प्रतिबेदनमा उल्लेख भएको स्रोतको दाबी छ ।

पर्यटन सचिब न्यौपानेको समितिले २९ दिन लगाएर प्रतिबेदन तयार पारेको हो।

समितिले दिएको प्रतिबेदनमा कतारको दोहामा रहेको निगमको न्यारोबडी इन्जीन मर्मत र ठेक्कामा समेत अनियमितता गरेको ठहर गरेको छ । ठेक्का दिदा सार्वजनिक खरिद ऐन पालना नगरेको तथा कोभिडको बेला चाटर उडानको बक्यौता रकम असुल्न नसकेको र त्यसबाट अधिकारीले आर्थिक लाभ लिएको हुनसक्ने प्रतिबेदनमा उल्लेख गरेको छ ।

यतिमात्र नभई निगमको बिनियम तथा प्राबधान बिपरित पदस्थापना तथा सरुवा गर्ने गरेको, सुरक्षा गार्ड नियुक्त गर्दा समय सिमाको ख्याल नगरेको लगायतका ५२ बटा आरोप लागेका छन् ।

पर्यटन सचिब न्यौपानेको समितिलाई १० बटा बियषयमा छानबिन गर्न भनेर मन्त्रालयकै सह सचिब बाबुराम सुबेदी र बिमानस्थालमा महाप्रबन्धक प्रेमनाथ ठाकुर सहितको समिति गठन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १९ श्रावण २०७९, बिहिबार  १४ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।