नमस्ते पे ले मोबाइल एप्लिकेशनमा लोयल्टी कार्यक्रम सुरु गरेको छ । यो सुरुवातसँगै नमस्ते पे आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पे का विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउने नमस्ते पेले जनाएको छ ।
नमस्ते पेको लायल्टी प्वाइन्ट्स प्रणाली यसका प्रयोगकर्ताले गर्ने खर्चको रकममा आधारित रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रयोगकर्ताले एक सय रुपैंया खर्च गर्दा २ एनपी क्वाइन पाउनाका साथै नमस्ते पे मा उपलब्ध लोयल्टी प्वाइन्ट्समा जम्मा हुने क्वाइनको प्रयोग गरी विभिन्न भ्वाइसरडेटा प्याकहरू र टपअपमा रिडिम गर्न सकिने साथै विभिन्न कुपन तथा अनलाइन शपिङ भाउचरहरू जित्ने मौका पाइने नमस्ते पेले जनाएको छ ।
विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले एनपी प्वाइन्टलाई नमस्ते पैसा वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरू,होटलहरू, ट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत यस्तो प्वाइन्टलाई रिडिम गर्न सकिने बताइएको छ ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्धेश्य लिइएको नमस्ते पेले जनाएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया