सनराइज बैंकको ३ अर्बको ऋणपत्र कार्तिक २० गतेदेखि बिक्रीमा आउने, कति पाईन्छ ब्याज ?

0
Shares

सनराइज बैंकले यहि कार्तिक २० गतेदेखि ‘१०.२५ सनराइज डिबेन्चर २०८३’  को बिक्री खुला गर्ने भएको छ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरले तीस लाख युनिट ऋणपत्र जारी गरेको हो ।

सात वर्ष भुक्तानी अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत व्याजदर प्राप्त प्रदान गर्ने तथा ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ।

कूल निष्काशन हुने तीस लाख युनिटमध्ये १२ लाख कित्ता बराबरको एक अर्ब बिस करोड रुपैँयाको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन हुनेछ । सो मध्ये ६० हजार कित्ता म्युचुल फण्डहरुका लागि छुट्याइएको छ ।

एक अर्ब असी करोड रुपैँया बराबरको १८ लाख कित्ता बराबरको ऋणपत्र परिपत्र विधिबाट संस्थागत र व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने बैंकले जनाएको छ ।

यो ऋणपत्रमा कार्तिक २० गतेदेखि छिटोमा कार्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । छोटो अवधिमा आवश्यक आवेदन नपरे मंसिर १९ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ ।

केयर रेटिङ नेपाल लिमिटेडलेले न्युन कर्जा जोखिम जनाउने केयर एनपि ए माईनस रेटिङ्ग प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जनाएको छ ।

हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब भन्दा बढीे छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर, १४२ वटा एटिएम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।