सान्जेन जलविद्युतले भदौ ५ गतेदेखि साढे ३६ करोडको आईपीओ निष्काशन गर्ने

0
Shares

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि साढे ३६ करोड मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणलाई भने यसअघि नै आईपीओ निष्काशन गरिसकेको छ ।

सर्वसाधारणलाई भन्दा स्थानीय बासिन्दाका लागि सेयर जारी हुने गरेकोमा भुकम्प र अन्य कारणले रसुवाली बासिन्दाहरुको आर्थिक अवस्था कमजोर भएकाले स्थानीयमा आरक्षित सेयर ढिला बिक्री खुला गर्न सरोकारवालाले मा गरेपछि सोही अनुसार सेयर जारी गर्ने काम रोकिएको थियो ।

कम्पनीले आयोजनाबाट अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बासिन्दाहरुका लागि १० प्रतिशत सेयर छुट्याइएको छ । आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं। ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं। ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा छिटोमा भदौ १९ गते र उत्तः अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा असोज ४ गतेसम्म सेयर निष्काशन खुला रहनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनसमति स्वीकृतिप्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा ७०० कित्ता सेयर खरिदका लागि माग गर्न सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ । यस्तै सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ श्रावण २०७९, मंगलबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।