‘डुइङ बिजेशन’ इन्डेक्समा नेपालले गर्यो सुधार, १६ स्थान माथि उक्लियो

0
Shares

विश्व बैंकले प्रकाशित गरेको डुइङ बिजनेश रिपोर्ट २०२० मा नेपालले अघिल्लो वर्षको तुलनामा ठूलो सुधार गरेको छ । गत वर्ष ११० स्थानमा रहेकोको नेपालको स्थान यो वर्ष ९४ स्थानमा उक्लेको छ ।

नेपालले डुइङ बिजनेश गणना हुने १० सुचाकंमा ५ वटामा सुधार गरेपछि अघिल्लो बर्षको भन्दा १६ स्थान मािथ उक्लिएको हो । विश्व बैंकले १९० वटा मुलुकमा गरेको अध्ययनमा १०० मा ६३.२० अंक प्राप्त गर्दै नेपाल ९४ औं स्थानमा उक्लिएको हो।

कूल दश सूचकमा ५ वटामा सुधार गरेपनि ३ वटा तल झरेको छ भने २ वटा स्थिर रहेको छ । डुइङ बिजनेश इन्डेक्समा सुधार भएसँगै नेपाल दक्षिण एशियाको तेस्रो सहज व्यावसायिक वातावरण भएको मुलुक बनेको छ । पहिलो नम्बरमा रहेको भारत ६३ स्थानमा रहेको छ ।

विश्व बैंकले प्रकाशित गर्ने ‘डुइङ बिजनेस’ प्रतिवेदनका आधारमा न्युजल्याण्ड एक सयमा ८६.८ नम्बरको साथ पहिलो नम्बरमा रहेको छ । यसैगरि २० अंकको साथ सोमालिया सबैभन्दा पुच्छार १९० औं देशमा रहेको छ।

नेपालको स्थान अघिल्लो वर्षको भन्दा सुधार भएपनि आर्थिक सुधार गर्ने २० वटा देशमा भने परेको छैन ।