गरिमा विकास बैंकको संस्थापक सेयर लिलामीमा


गरिमा विकास बैंकले १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।

बैंकले भदौ ३१ गतेसम्म संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने गरि सेयर लिलामीमा रखेको हो ।

बैंकका संस्थापक सेयरधनीले आवश्यक कागजात सहित गरिमा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, सभागृह चोक पोखरा, वालिङ, बेनी, नारायणगढ र मलंगवाका साथै एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा आवेदन दिन सक्ने छन् ।

न्युनतम १०० रुपैंयाको दरमा कम्तीमा १००० कित्ताका लागि आवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ ।

लिलामी सेयरमा परेको बोलकबोल असोज २ गते दिउँसो २ बजे एनआईबिएल एस क्यापिटलको कार्यालयमा खोलिने सूचनामा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।