रिचेत जलविद्युत कम्पनीले साधारण सेयर निष्काशन गर्ने, एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक


रिचेत जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएको छ ।

सार्वजनिक निष्काशन गर्नको लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

२०७० सालमामा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजा २२३.५७ कित्ता साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

उक्त सम्झौतापत्रमा मिति कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल कम्पनी सचिव शिशिर खनाल तथा क्यापिटलका तर्फबाट क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेण्ट बैकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका हुन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।