‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई सघाउँदै ‘ग्रिन टायर उद्योग’, वार्षिक ३ लाख उत्पादन

0
Shares

निजी क्षेत्रको चालिस करोड रुपैयाँ लगानीमा स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योग ‘ग्रिन टायर उद्योग प्रा.लि.’ ले वार्षिक ३ लाख वटा टायर उत्पादन क्षमता छ ।

वि.सं. २०७३ सालमा स्थापित यस ‘ग्रिन टायर उद्योग प्रा.लि. विगत ६ वर्षदेखि नेपालमा टायरहरु उत्पादन गरी मुलुकको स्वदेशी आत्मनिर्भर मा योगदान पु¥याउँदै आएको छ । उद्योगले १०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई यस उद्योगले पूर्ण रुपले आत्मसात गर्दै आएको छ । स्थापनाकालमा टू ह्वीलर टायरबाट उत्पादन सुरु गरेको यस उद्योगले हाल थ्री ह्वीलर टायरहरुको उत्पादन गर्दै आएको छ ।

कम्पनीले विगत देखि डेल्टा ब्राण्ड अन्र्तगत सबै खाले टू र थ्री ह्वीलर टायरहरु उत्पादन गर्दै आएको छ भने मेरो देश, मेरै उत्पादन नाराका साथ अगाडि बढेको छ । साथै, अहिलेको नयाँ पुस्तामा पनि नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने सोचले गर्दा हाम्रा उत्पादनहरु पनि सबैको रोजाईमा पर्न सफल भएकोमा कम्पनी हार्षित रहेको विज्ञप्तीमा उल्लेख छ ।

शेर्पा ब्राण्डको एग्रिकल्चर टायरहरु उत्पादन

उद्योगले ग्राहकहरुको मागलाई ध्यानमा राखी आफ्नो नयाँ उत्पादन शेर्पा ब्राण्डको एग्रिकल्चर टायरहरु उत्पादन गरी बजारमा ल्याउने प्रक्रिया अघि बढाएको छ ।

उद्योगले आफ्नो एग्रिकल्चर सेग्मेन्ट अन्तरगत ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भुमि, सारर्थी मोडलका ठूला र साना टायरहरु उत्पादन गर्न लागेको छ ।

उक्त मोडलहरु अन्तरगत यस कम्पनीले १६.९.२८, १४.९.२८, १३.६.२८, ७५०.१६, ६००.१६, ६००.१२ साईजका टायरहरु बजारमा आउनेछन् । यस कम्पनीका उत्पादित टायरहरुमा बढि ट्रेक्सन र ग्रीप रहेको छ साथै बढि एनएसडि पनि रहेको छ । उक्त उत्पादनहरुमा पम्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपाली कृषिलाई सुहाउँदो टायर तथा विदेशी टायरहरुसँग प्रतिस्पर्धा गर्न सक्षम नेपाली टायरहरुको उत्पादन गरेको छ । नेपालमा उत्पादित स्वदेशी रबरहरु पनि प्रयोगमा ल्याएर गुणस्तरलाई ध्यानमा राखी र नेपाली किसानलाई पनि बेलाबेलामा स्वदेशमा गुणस्तरीय रबरहरु उत्पादन गर्न कम्पनीले तालिम समेत दिँदै आएको छ ।

नेपालमा उत्पादित यस टायरका मोडलहरु विदेशी टायरका तुलनामा आकर्षित र गुणस्तरीय, सस्तो, भरपर्दो रहेको बताएको छ । दक्ष जनशक्ति नविनतम् प्रविधि तथा उपकरणको प्रयोग गरी अगाडी बढेको यस कम्पनीले आफ्ना उत्पादनहरुको तौल, माइलेज, क्वालीटी, फिनिसिङ्ग लगायत सबै कुरामा विशेष ध्यान दिएकोे जानकारी दिएको छ । कम्पनीका सबै टायरहरुमा म्यानुफ्याक्चरीङ्ग वारेन्टी रहेको तथा यस कम्पनीले आईएसओ मापदण्ड अनुसार उत्पादन गरिएका छन् ।

ट्याक्टरमा लाग्ने सम्पूर्ण साईजका टायरहरु यस कम्पनीले उत्पादन सुरु गरेको छ भने आगामी तीन महिनामा ट्रलिमा लाग्ने टायरहरु पनि बजारमा ल्याउने योजना रहेको जनाएको छ । त्यसका साथै, आगामी दिनमा कर्मसिर्यल हेबि इक्युपमेन्ट, ट्रक टायर लगायत प्रकारका उत्पादन गर्ने कम्पनीको योजना रहेको बताएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।