राष्ट्र बैंकमा प्रशासनमा ६७ जनालाई खुल्यो जागिर


नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी मागेको छ । बैंकले सूचना मार्फत विभिन्न पदमा गरी ६७ जना कर्मचारी माग गरेको हो ।
प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतिय) मा २८ जना, सहायक निर्देशक (अधिकृत तृतिय) लेखा लेखा परिक्षणमा ८ जना र सहायक (सहायक द्धितीय) मा ३१ जना कर्मचारी माग गरिएको छ ।
उल्लेखित पदहरुमा कात्तिक २८ गतेसम्ममा आवेदन दिनु पर्नेछ ।

सहायक निर्देशकमा २१ वर्ष पुरा भइ ३५ वर्ष ननाघेका वाणिज्यशास्त्र, अर्थशास्त्र र व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर पास गरेकाह हुनुपर्नेछ । त्यसै गरी लेखा र लेखापरीक्षणका लागि सिए, एसिसिए वा सिपिए गरी मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरेका २१ देखि ३५ वर्षसम्मका कर्मचारी माग गरिएको हो ।

सहायक द्धितीयमा १८ वर्ष पुरा भएका र ३५ वर्ष ननाघेका, मान्यताप्राप्त शिक्षण संस्थाबाट १ं२ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने बैंकको सूचनामा उल्लेख छ । महिलाको हकमा भने उल्लेखित पदहरुमा उमेरहद ४० वर्षसम्म कायम गरिएको छ ।