अपि पावरले कमायो १४ करोड खुद नाफा, प्रतिसेयर आम्दानी घट्यो


अपि पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा १४ करोड १० लाख रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा अपिले १२ करोड ६० लाख रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा २ अर्ब ४७ करोड ५१ लाख रुपैंयाको चुक्ता पुँजीलाई ३ अर्ब ८४ करोड ४९ लाख रुपैंया पुर्याएको कम्पनीको जगेडा कोषमा २९ करोड ६६ लाख रुपैंया सञ्चित छ ।

विद्युत बिक्री तथा अन्ष्य आम्दानीको आकार ४३ करोड ६ लाखबाट ५२ करोड ७८ लाख रुपैंया पुर्याएको कम्पनीको खर्चका शीर्षकहरु बढेका छन् ।

खुद नाफा बढ्दै गर्दा पुँजी वृद्धिको आकार बढी भएका कारण कम्पनीको प्रतिसेयर आम्दानीमा संकुचन आएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ५ रुपैंया ९ पैसा रहेको प्रतिसेयर आम्दानी ३ रुपैंया ६७ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १०७ रुपैंया ७२ पैसा रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ६६.६६ गूणाले बढी छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।