४३ जलविद्युत कम्पनीले औषतमा साढे ११ प्रतिशतले बढाए चुक्ता पुँजी


मङ्गलबारसम्म गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका जलविद्युत कम्पनीहरूले औसतमा ११.५६ प्रतिशतले पुँजी बिस्तार गरेका छन् । आर्थिक वर्ष २०७७।०७८ को चौथो त्रैमासको तुलनामा २०७८।०७९ को चौथो त्रैमाससम्ममा आउँदा केही कम्पनीले पुँजी बढाएका छन् भने केहीको स्थिर छ ।

४३ मध्ये २२ कम्पनीले मात्र पुँजी बिस्तार गरेका छन् भने बाँकी २१ कम्पनीको चुक्ता पुँजीको आकार स्थिर छ । जसमा धेरै कम्पनीहरूले साधारण सेयर निष्कासन गरेर पुँजी बढाएका छन् भने बोनस बितरण र मर्जर तथा विलयबाट जलविद्युत कम्पनीहरूको पुँजी बढेको हो ।

यसले जलविद्युत कम्पनीहरूले बोनसबाट पुँजी बिस्तार नगरेको देखाउँछ । यस दौरान ग्रीन लाइफ हाइड्रोपावरले सबैभन्दा धेरै अर्थात ९६ प्रतिशतले पुँजी बिस्तार गरेको छ । साधारण सेयर निष्कासनबाट कम्पनीले पुँजी बिस्तार गरेको हो । 

दोस्रो स्थानमा रहेको रिडी पावर कम्पनीले मर्जर तथा बोनस बितरण गरेर ८८.९४ प्रतिशतले पुँजी वृद्धि गरेको छ । अपि पावरले हकप्रद तथा बोनसबाट ५५.३४ प्रतिशतले पुँजी बढाएको छ भने साहस ऊर्जाले प्राथमिक निष्कासनबाट ४२.८६ प्रतिशतले पुँजी बिस्तार गरेको छ । 

त्यसैगरी प्राथमिक निष्कासनबाट दोर्दीखोलाले ३८.८९ प्रतिशत, न्यादीले ३७, मध्य भोटेकोशीले ३३.३३, बिन्ध्यवासिनीले पनि ३३.३३, सामलिङ पावरले ३२.६३ प्रतिशत, छ्याङ्दी हाइड्रोले ३० र मैलुङ खोलाले २५ प्रतिशतले पुँजी बिस्तार गरेका छन् । 

ङादी ग्रुप पावरले २० प्रतिशत तथा नेशनल हाइड्रोले १८ प्रतिशतले पुँजी बिस्तार गरेकोमा अरुण काबेलीले १७, कालिका पावरले १५ प्रतिशतले पुँजी बिस्तार गरेका छन् । सानिमा माई, सिनर्जी पावर, रु रु जलविद्युत, अरुण भ्याली र बुटवल पावरले दश दश प्रतिशतले पुँजी बिस्तार गरेका छन् । 

चिलिमेले साढे ७ प्रतिशतले पुँजी बढाएको छ भने नेपाल हाइड्रो डेभलपर्सले ७ प्रतिशतले पुँजी बिस्तार गरेको छ । 

अरु २१ कम्पनीको चुक्ता पुँजी भने अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको जति नै छ । 

आकारका आधारमा हेर्दा माथिल्लो तामाकोशीको चुक्ता पुँजी सबैभन्दा धेरै अर्थात १० अर्ब ५९ करोड रहेकोमा चिलिमे, रसुवागढी, मध्य भोटेकोशी, अपि पावर, साहस उर्जा, साञ्जेन र बुटवल पावरको चुक्ता पुँजी क्रमिक रुपमा कम हुँदे गएको छ । सबैभन्दा थोरै चुक्ता पुँजी रहेको दिव्यश्वरीसँग २६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी छ । 

४३ कम्पनीको चुक्ता पुँजीको आँकडा यस्तो छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।