प्रभु बैंक होटल सिताशरणबीच छुट सम्झौता


प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरणबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरणका महाप्रबन्धक कमल सिंह साउदले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दै आएका सेवाग्राहीले होटल सिताशरणको “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट पाउनेछन् ।

प्रभु बैंकका ग्राहक महानुभावहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।