नेप्सेमा सूचीकृत कम्पनीहरुको नयाँ वर्गिकरण सार्वजनिक, ‘ए’ वर्गमा एउटा मात्र

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा गरिएको वर्गीकरणको विवरण सार्वजनिक गरेको हो। 

नेप्सेले सूचीकृत कम्पनीहरुलाई ग्रुप ‘ए’, ‘बि’, ‘जि’ र ‘जेड’ गरी चार समूहमा वर्गिकरण गर्ने गरेको छ । नयाँ वर्गिकरण सूची अनुसार ग्रुप ‘ए’ मा एउटै मात्र कम्पनी परेको छ । नेप्सेका अ’नुसार यो समूहमा सनराइज बैंक मात्र परेको छ ।

त्यस्तै ग्रुप ‘बि’ मा पनि नाङ्दी पावर कम्पनी मात्रै परेको छ । ग्रुप ‘जि’ मा भने ३६ कम्पनी परेका छन् । यो समूहमा अपर तामाकोशी, सान्जेन जलुवित लगायतका केही जलविद्युत कम्पनी तथा अधिकांस लघुवित्त कम्पनीहरु परेका छन्।

त्यस्तै ग्रुप ‘जेड’ मा ११६ कम्पनी रहेका छन् । जसमा सनराइज बैंक बाहेकका वाणिज्य बैंकहरु, विकास बैंकहरु, फाइनान्स कम्पनीहरु तथा वीमा कम्पनीहरु रहेका छन् ।

धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ। सोहि व्यवस्था अनुसार नेप्सेले प्रत्येक त्रैमासको समाप्तिसँगै वर्गीकरण गरी सूची सार्वजनिक गर्ने गरेको हो ।

साथै नेप्सेले नेप्सेको वर्गिकरणमा चित्त नबुझे ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन सक्ने नेप्सेले सूचना जारी गरेको छ।

 

कुन वर्गमा कुन कम्पनी ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्