इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको प्रयोगकर्ताको दृष्टिकोणबाट बजार हिस्सा ३० प्रतिशत रहेको देखिएको छ । सन् २०२२ को मे महिनासम्ममा कम्पनीको इन्टरनेट प्रयोगकर्ताको संख्या ६ लाख २५ हजार पुगेको हो ।
कम्पनीले सन् २०२२ को ९ महिनामा मात्र ६ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । देशको २६ वर्ष पुरानो इन्टरनेट सेवा प्रदायक कम्पनीले हाल देश ७० भन्दा धेरै जिल्ला मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सन् २०२१ सम्ममा नेपालमा कुल इन्टरनेट प्रयोगकर्ताको संख्या १६ लाख ५९ हजार ३ सय ६ रहेको छ । यो संख्यामा ३१ प्रतिशत हिस्सा वर्ल्ड लिङ्कको मात्र छ ।

फाइबर नेट सेगमेन्ट अन्तर्गत वल्र्ड लिङ्क नेपालको मुख्य कम्पनी हो । फाइबर नेट सेगमेन्टमा वर्ल्ड लिङ्कको मात्र करिब ३६ प्रतिशत बजार हिस्सा छ । कम्पनीको डिस्काउन्ट अफर तथा बजारमा बढेको प्रतिस्पर्धाका कारणका औसत रेभेन्यू प्रति प्रयोगकर्ता घटेर १ हजार २०६ रुपैयाँमा झरेको छ । नेपालमा अहिले इन्टरनेट सेवा प्रदायकको संख्या ५८ पुगेको छ । यसले गर्दा उच्च प्रतिस्पर्धा रहेको छ । कम्पनीको रेभेन्यूमा, नाफा तथा सहज पुँजी संरचना र ऋण करवरेज सूचकलाई हेर्दा वित्तीय जोखिमको अवसथा सबल रहेको देखिन्छ । कम्पनीको लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको मात्र नभई पुरानो ब्राण्ड भएकाले पनि सबल रहेको स्पष्ट हुन्छ ।
कम्पनीको अनुभवी सञ्चालक तथा व्यवस्थापन, सक्षम संस्थागत लगानीकर्ताको लगानी, सेवामा आधारित रेभेन्यू र सेवा विस्तारका लागि आधुनिक प्रविधि तथा पुर्वाधार प्रयोग गर्दै आएको हुनाले पनि कम्पनीको आगामी दिन पनि सकारात्मक नै रहेको स्पष्ट हुन्छ । इन्टरनेट सेवा प्रदायकहरुबीच सबल संस्थाको रुपमा स्थापित वर्ल्ड लिङ्कले गरेको निरन्तरको प्रगतीले पनि बजारको नेतृत्वदायी कम्पनीको रुपमा स्थापित भएको छ । हाल कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशकामा दिलिप अग्रवाल छन् । कम्पनीको सम्पुर्ण कर्पोरेट व्यवस्थापनका र विकासका लागि अग्रवाल नै जिम्मेवार छन् । कम्पनीको कार्यकारी निर्देशकको रुपमा मनोज कुमार अग्रवाल रहेका छन् भने बेलायती लगानीकर्ताको प्रतिनिधिको रुपमा बोर्डमा बैष्णवी सुर्यनारायन छन् ।
वर्ल्ड लिङ्कमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट अर्थात तत्कालिन सीडीसीको करिब १ अर्ब ३५ करोड रुपैयाँ लगानी रहेको छ । सीडीसीको सो लगानी मभ्ये १० प्रतिशत इक्वीटीमा एक अर्ब रुपैयाँ प्रत्यक्ष लगानी छ । सीडीसीले नेपालमा गरेको इक्वीटी लगानी यो नै पहिलो हो । सीडीसी बेलयती सरकारको पूर्ण स्वमित्व रहेको यूके डेभलपमेन्ट फाइनान्स इन्ष्टिच्यूसन हो । सीडीसीबाटबाट प्राप्त भएको रकमलाई कम्पनीले सञ्जाल विस्तारका लागि आवश्यक पुर्वाधार निर्माण गर्न प्रयोग गरेको जनाएको छ । सीडीसीले विश्वभरी हालसम्म एक हजार २०० भन्दा धेरै व्यवसायमा ६ अर्ब ८० अर्ब पाउड बराबरको लगानी गरेको गरिसकेको छ । आगामी वर्षहरुमा पनि सीडीसीको लगानीको अपेक्षा रहेको कम्पनीले जनाएको छ ।
वर्ल्ड लिङ्क नेपालमा सञ्चालमा रहेको ठूलो र मुख्य इन्टेरनेट सेवा प्रदाय कम्पनीको हो । सन् २०२२ को मे महिनासम्ममा कम्पनीको सेवा प्रयोगकर्ताको संख्या ६ लाख २५ हजार पुगेको छ । कम्पनीले १० हजारभन्दा धेरै संस्थाहरुलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले देशको इन्टरनेट ब्याण्डविथको करिब ४० प्रतिशत हिस्सा कम्पनीसँग आबद्ध रहेको छ । कम्पनीले ७० भन्दा धेरै जिल्ला सेवा प्रदान गर्दै आएको छ । नेपालभर कम्पनीका १४० शाखा कार्यालय रहेका छन् । कम्पनीले १४० भन्दा धेरै नयाँ स्थानमा सञ्जाल विस्तार पुर्वाधार निर्माण गरेको छ । सन् २०२२ भित्र कम्पनीले थप १२२ स्थापनमा नेवटर्क विस्तार गर्ने योजना लिएको छ ।
कम्पनीले सन् २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी सन् २०२० को तुलनामा २१.५३ प्रतिशतले धेरै हो । सन् २०२० मा कम्पनीले ६ अर्ब ५४ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो अवधिमा कम्पनीको व्याज दायित्व, डिप्रिसियसन र कर अघिको नाफा २ प्रतिशतको बिन्दुले बढेको छ । सन् २०२० मा सञ्चालन आम्दानीको ३५.१४ प्रतिशत व्याज दायित्व, डिप्रिसियसन र कर अघिको नाफा रहेकोमा सन् २०२१ मा बढेर ३७.१४ प्रतिशत पुगेको छ । प्रयोगकर्ताको संख्यामा आएको सुधार तथा विस्तारित नेटवर्क कारण कम्पनीको करपछिको नाफामा समेत उच्च सुधार आएको छ । सन् २०२० मा ८.६९ प्रतिशतबाट बढेर ११.५२ प्रतिशतमा सीमित रहेको कम्पनीको करपछिको नाफा सन् २०२१ मा ६१.०९ प्रतिशतले बढेर ९१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
सन् २०२२ को ९ महिनामा कम्पनीको सञ्चालन आम्दानी ६ अर्ब ७२ करोड ४० लाख रुपैयाँ रहेको छ । यो सञ्चालन आम्दानी आगामी दिन झनै बढ्ने कम्पनीले जनाएको छ । कम्पनीको कुल आम्दानीमा ४१ प्रतिशत हिस्सा व्यक्तिगत उपभोक्ताबाट र ७ प्रतिशत हिस्सा कर्पोरेट उपभोक्ता रहेको छ । बाँकी डेटा कनेक्टिभिटी, मोनिटरिङ्ग, अन्य सेवा, प्राविधिक सहयोग आदीबाट आम्दानी गर्ने गरेको छ । कम्पनीले थप गरेका नयाँ नेटवर्कका कारण प्रयोगकर्ता संख्या बढ्ने हुँदा आम्दानीमा थप सुधार आउने कम्पनीको दाबी छ । सन् २०२२ मा मात्रै कम्पनीले १४० नयाँ स्थानमा सेवा विस्तार गरेको छ । यसले गर्दा यो अवधिमा सञ्चालन खर्च समेत बढ्न गएको छ ।
कम्पनीले ६ अर्ब १९ करोढ १५ लाख रुपयाँ बैंक ऋणका लागि गरेको रेटिङ्गको आधारमा १ अर्ब १८ करोड १५ लाख रुपैयाँका लागि ‘केयर एनपि ए ग्रेड’ रेटिङ्ग पाएको छ भने ३ अर्ब एक करोड रुपैयाँ बराबरको कर्जाका लागि ‘केयर एनपी ए टु प्लस ग्रेड’ पाएको छ । कम्पनीले केयर रेटिङबाट पाएको यो ग्रेडले बैंक तथा वित्तीय संस्थालाई ऋण लगानी गर्न सुरक्षित रहेको जनाउँछ ।
वर्ल्ड लिङ्क कम्यूनिकेसन सन् १९९६ जनवरी २१ मा स्थापना भएको हो । सन् २०१९ अप्रिल २४ मा कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया